सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन थाल्छौः साँसद देबप्रसाद तिमलसिना

११ माघ २०७५, शुक्रबार १५:५०

काठमाडौं, काँग्रेस नेता तथा सांसद देबप्रसाद तिमलसिनाले   सरकारले तानाशाही शैलीमा चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरेको भन्दै सरकारको चर्को आलोचना  गर्नु भएको छ ।

संसद बैठकपछि आयोखवर डटकम संग कुरा गदै  सांसद तिमलसिनाले सभामुख कृष्ण बहादुर महराले विधेयक प्रस्तुत गर्ने क्रममा आफ्नो मर्यादा समेत भुलेको आरोप  लगाउनु भयो ।

उहाँले  प्रतिपक्षको विरोधकाबीच सरकारले जवरजस्ती विधेयक पारित गरेकाले सरकारविरुद्ध काँग्रेसले सडक र सदनबाट आन्दोलन थाल्ने चेतावनी दिनु भयो ।

विधेयकका विषयमा प्रतिपक्षले असहमति जनाउँदा जनाउँदै एक पटक संवाद समेत नगरी दुई तिहाइको बलमा विधेयक पास गरिएको आरोप समेत उहाँले लगाउनु भयो ।