जुम्ला , सिँजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिउँमा कठ्यांग्रिएर मुत्यु भएको छ भने उहाँका दाजु बाँचे बुढाको अचेत अवस्थामा उद्धार गरिएको छ ।

डाँफे लेकको बाटो हिँड्दै गरेका दाजुभाइ हिमपातका कारण चिसोले कठ्यांग्रिएर अचेत अवस्थामा पुगेपछि भाइ शिवचन्द्रको बाटोमै मृत्यु भएको थियो ।मंगलवार साँझ बेपत्ता दाजुको उद्दार गरिएपनि भाइको लास बुधबार मध्याह्न १२ बजे मात्रै भेटिएको थियो ।शव भेटिएको स्थानमा करीब २ फिट बढी हिउँ परेकाले शव घर लैजान अप्ठ्यारो भएको भन्दै घटनास्थलमा नै मृतकको दाहसंस्कार गरिएको आफन्तले बताएका छन् ।भारी हिमपातसँगै चिसोले जुम्लाको जनजीवन कष्टकर बनेको छ । हिँउले स्थानीयवासीलाई ठूलो कामका लागि गाउँबाहिर जान मुस्किल परेको छ ।
