वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्माको निधन

१० माघ २०७५, बिहीबार १२:५३

काठमाडौं , बरिष्ठ साहित्यकार तथा प्राध्यापक मोहनराज शर्माको विहीबार बिहान ८० वर्षको उमेरमा निधन भएको छ । शर्माको पारिवारले जानकारी दिए अनुसार एक सातादेखि स्वाँस प्रस्वासको समस्याबाट पीडित भई उहाँ अस्पतालमा उपचाररत हुनुन्थ्यो ।

काठमाडौंको काभ्रेस्थली पुख्र्यौली थलो भएका प्राध्यापक शर्मा कीर्तिपुरमा बसोबास गर्दै आउनु भएको थियो । पाँच वर्षको उमेरमा पठनपाठनका लागि बनारस पुगेका शर्माले पछि झापाबाट प्राध्यापन पेशामा लाग्नु भएको थियो । उहाँको नाट्य कृति बैकुण्ठ एक्सप्रेसले मदन पुरस्कार पाएको थियो ।साहित्यकार शर्माको अन्तेष्ठी शनिबार गरिने परिवारले जनाएको छ ।