डाक्टर केसी अब पछि हट्नुको विकल्प छैनः योगेश

९ माघ २०७५, बुधबार १८:४३

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले द्वन्द्वकालका मुद्दा उठाएर डा गोविन्द केसीले गल्ती गरेको आरोप लगाउनु भएको छ ।

बुधवार एक साक्षात्कारमा बोल्दै नेता भट्टराईले आजको दिनमा अनशनरत डाक्टर केसी गलत रहेको अब पछि हट्नुको विकल्प नरहेको बताउनु भयो ।उहाँले संसदमा कांग्रेस उपसभापति एवम् संसदीय दलका उपनेता विजय गच्छदारले बोलेको कुराप्रति आपत्ति जनाउनु भयो । सेनामा समायोजन भएका माओवादी लडाकुलाई फिर्ता लैजाउ भन्नु गम्भीर कुरा भएको उहाँको भनाई छ।