देउवा निवासमा शीर्ष तहका नेताको बैठक

९ माघ २०७५, बुधबार १८:२३

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भोलि बिहीबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्न बैठक बसिरहेको छ। देउवा निवासमा बसेको बैठकले कार्यकाल सकिएको नेविसंघको कार्यकाल बढाउने वा तदर्थ समितिमा जाने विषयमा पनि धारणा बनाउने बताइएको छ।

भोलिको बैठकले महासमितिबाट पारित हुन बाँकी रहेको विधानलाई अनुमोदन गर्ने बताइएको छ। विधानमा केन्द्रीय सदस्यहरु महाधिवेशनमा प्रतिनिधि बन्दा बुथबाटै निर्वाचित हुनुपर्ने जिल्ला सभापतिहरुले प्रस्ताव गरेका छन्।केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने प्रतिबद्धता पार्टी सभापति देउवाले जनाएपछि महासमिति बैठक सकिएको थियो। साथै, आरक्षण प्रावधानलाई एक पटक मात्रै लागू गर्न जिल्ला सभापतिहरुले प्रस्ताव गरेका थिए।