भक्तपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु

९ माघ २०७५, बुधबार १५:१९

भक्तपुर, काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ख ९३९० नं को बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । सूर्यबिनायक नगरपालिका–५ कटुञ्जे सिर्जनानगरमा बसबाट ओर्लेने क्रममा सोही बसको ठक्करबाट ओखलढुङ्गा ज्यामिरे–२ घर भई हाल भक्तपुर कटुञ्जे प्रगति चोक बस्ने ४० वर्षीय प्रतिमा वाग्ले बानियाँको मृत्यु भएको हो ।

ठक्करबाट घाइते बानियाँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।