कपिलवस्तु, कपिलवस्तुको शिवराज नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परि ५ जना घाइते भएका छन् । शिवराज–१ शिवपुरमा बस र टिप्पर एक आपसमा ठोकिदा चालक सहित ४ जना घाइते भएका छन्
घाइतेहरुको चन्द्रौटा स्थिीत संजीवनि अस्पातलमा उपचार भईरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । घाईते हुनेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका ६ बस्ने बर्ष २ को पकंज चौधरी, बर्ष २६ को सुजता चौधरी, बस चालक ३८ बर्षिय तिर्थप्रसाद चौधरी र सोही ठाँउका बर्ष २४ बर्षीय शिशिर चौधरी रहेका छन् । घाइतेको आवस्था समान्य रहेको प्रहरीले जनाएको छ । बसमा १६ जना यात्रु सवार रहेका थिए ।
