औषधि उत्पादक संघले आउदो फागुन १७ देखि १९ गतेसम्म हेल्थ एक्स्पो गर्दै

८ माघ २०७५, मंगलवार १७:५७

काठमाडौँ , आउदो फागुन १७ देखि १९ गतेसम्म नेपाल औषधि उत्पादक संघले ‘मरणोपरान्त अंगदानको लागि सामाजिक अभियान सहितको नेपाल फर्मा तथा हेल्थ एक्स्पो’ को आयोजना गर्ने भएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पोमा नेपालमा उत्पादन गर्दै आएका औषधी र औषधी उत्पादनमा प्रयोग हुने प्रविधिका साथै ल्याबका बारेमा जानकारी दिइयो ।

नेपालमा हाल प्रत्येक वर्ष ३५ प्राविधिक कलेबाट करिव १५ सय औषधि प्राविधिक र ५ सयको हाराहारीमा फर्मासिस्ट उत्पादन हुँदै आएको छ ।एक्स्पोमा नीजि क्षेत्रका १० वटा अस्पताले भाग लिनेछन् । २ सय स्टलहरु रहने एक्स्पोमा औषधि क्षेत्रमा नयाँ प्रविधिका खोज गरिरहेका विभिन्न ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० भारतीय र १० चिनियाँ कम्पनी सहभागी हुनेछन् ।

संघले नेपालमा औषधि उत्पादन गर्ने कम्पनीले दिनमा ६ देखि ७ घण्टा मात्रै काम गर्दै आईरहेको र सरकारले उत्पादनमा सहयोग गर्ने हो भने नेपालको माग धान्नलाई नेपाललेनै सक्ने जनाएको छ । एक्स्पोमा एक हजार जनाले अंगदान गर्ने विश्वास आयोजकको रहेको छ ।