कांग्रेसले गर्यो संसदमा हंगामा बैठक स्थगित

८ माघ २०७५, मंगलवार १५:४६

काठमाडौं , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण संसद्‍मा हंगामा भएको छ । कांग्रेस सांसद् प्रकाशमान सिंह बोलेलगत्तै कांग्रेस सांसदहरू बेल घेराउ गर्न पुगेका छन् ।

सभामुख कृष्णबहादुर महराले संसद्को बाँकी कारवाही अगाडि बढाउने घोषणा गर्नु भएको छ । तर कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका छन् ।बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । कांग्रेसको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित गरिएको छ ।
सभामुख कृष्णबहादुर महराले कांग्रेसले उठाएका विषय हिजो नै सरकारलाई ध्यानाकर्षण गराइसकेको भन्दै कांग्रेस सांसद्हरुलाई बस्न आग्रह गर्नुभएको थियो । तर सभामुखको कुरा नसुनी कांग्रेस सांसदहरु झन् उग्ररुपमा नाराबाजी गर्न थाले ।