नमराज भुसाल
अर्घाखाँची, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ र १० मा केहि दिन देखि मध्यरातमा चोरको बिगबिगी फैलिएको थियो ।बिगत केहि दिन देखि मध्यरातमा फैलिएको चोरको बिगबिगीले गर्दा सन्धिखर्क नगरपालिका वडा नम्बर ९ र १० का स्थानीय वासिन्दाहरु रातिको समयमा राम्रो संग सुत्न सम्म पाएका थिएनन ।

स्थानीयहरु राति सुत्ने समयमा घरका सर समानहरु सुरक्षित् अवस्थामा राखेर सुत्ने गर्दथे तर चोरले स्थानीयहरु मस्त निद्रामा परेको मौका छोपी पसल ,घरको कोठाहरु हतौडाको साहयताले फोरेर पसलमा रहेका किराना सामान ,कोठा भित्र रहेका लत्ताकपडा, पशुहरुलाई पानि दिइने भाँडाकुँडा, थाल कटौरा ,ग्लास मोबाइल फोन ,फोनका सिमकार्ड टिभी साथमा केहि नगदी रुपैयाँ चोरी गरेर हैरान र त्रासित बनाएका थिए ।
चोर कहिले सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घा, अर्लिबांग,धेरबांग लगयातका बिभिन्न क्षेत्रमा चोरी गर्थे भने कहिले सन्धिखर्क नगरपालिका वडा नम्बर १० मिनिकोट,गच्छेगैरा,धरमपानीका बिभिन्न क्षेत्रमा पसल ,घरका ताला फोर्दै चोरी गर्दै आएका थिए ।
४ दिन अघि मात्र सन्धिखर्क नगरपालिका वडा नम्बर १० मिनिकोट निवासी नमराज भुसालको पसलको ताल्चा फोरी पसल भित्र रहेका किराना सामान र केहि नगद रासी चोरी गरेका थिए भने एक हप्ता आघि सन्धिखर्क नगरपालिका (९ अर्घा मैदान निवासी तुलसी राम भुसालको पसल फोरी चोरी गरेका थिए ।
सन्धिखर्क नगरपालिका वडा नम्बर (१०निवासि नमराज भुसालको पसल चोरी भएको केहि दिन नबित्दै सोहि वार्डका अर्लिबांग निवासी गोबिन्द आचार्यको घरमा चोरी भएको थियो । बारम्बार गाउँ टोलमा यस प्रकारले फैलिएको चोरको बिगबिगीले गर्दा स्थानीयहरु चोरको खोजीमा निरन्तर रुपमा लागि परेका थिए ।
गत मिति २०७५ साल माघ ७ गते सोमबार बेलुका करिब ९,१० बजेको समयमा सन्धिखर्क नगरपालिका वडा नम्बर (१० का स्थानीयहरु र इलाका प्रहरी कार्यालय बिहारको मिलोमतोमा कपिलबस्तु जिल्लाको बुद्द भुमि नगरपालिका वडा नम्बर (२ गोरुसिङ्गे घर बताउने अन्दाजी बर्ष २२ का अजय कुमार ठाकूरलाइ सन्धिखर्क नगरपालिका (१० निवासी नारायण रानको घर बाट चोरी गरि भागी बलदेव भुसालको घरमा गयर म सिआईडी पुलिस हुँ भन्दै को बुढी आमाको वृद्धा भत्ताको कार्ड बैंक चेक अरु अन्य समान हरु उठाउने क्रममा चोर पक्राउ गर्न सफल भएका छन् ।
अजय सिंह ठकुरीले सन्धिखर्क नगरपालिका १० का बिभिन्न स्थानमा लत्ताकपडा,भाँडाकुँडा,र अन्य केहि जिन्सीहरु चोरी गरिसकेपछी नारायण रानाको घरमा चोरी गर्दै गर्दाको समयमा घरधनीले देखे पछी स्थानीयहरुले तुरुन्तै इलाका प्रहरी कार्यालय बिहारलाइ खबर गरेका थिए ।
प्रहरीले खबर पाउनसाथ् घटना स्थलमा पुगी चोरलाइ पक्राउ गर्न सफल भएका हुन् । मध्यरातमा घर,घरमा चोरी गर्दै हिड्ने अजय सिंह ठकुरीको घर कपिलबस्तु जिल्लाको बुद्द भुमि नगरपालिका वडा नम्बर (२ गोरुसिङ्गे रहेको छ भने उनको सशुराल सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा रहेको र उनकि श्रीमती २ महिनाकी सुत्केरी अवस्थामा रहेको निजको बयान बाट खुल्न आएको छ ।
चोर अजय सिंह ठकुरीले स्थानीयहरुका घर भित्र पसी चोरि कार्य मात्र होइन भित्रै दिशा पिसाब गरेको आरोप रहेको छ ।
चोर अजय सिंह ठकुरीलाइ इलाका प्रहरी कार्यालय बिहारले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा हिरासतमा राखी घटनाको थप अनुसन्धान गरिरहेको बुझिएको छ । अर्घाखाँचीबुलेटिनबाट
