काठमाडौ, तत्कालिन एमाओवादीका असन्तुष्ट समूह नेपाली जनता दलमा प्रवेश गरेका छन।दलको कार्यालय अनामनगरमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गरेका हुन । पार्टी प्रवेश गर्नेमा तत्कालीन एनेकपा माओवादीका केन्द्रीय सदस्य समेत रहेका भरत भट्टराई र अर्का मिलन ढकालको ठूलो समूह रहेका छन। पार्टी प्रबेश पश्चात् बोल्दै नेता भरत भट्टराईले आफुले एनेकपामा गुटबन्दी भएको भन्दै नेपाली जनता दलमा प्रबेश गरेको बताउनु भयो ।

उहाँले पछिल्लो समय जनयुद्धको भावनालाई नेताहरुले कुल्चेको समेत आरोप लगाउनु भयो ।भट्टराईले नेपाली जनता दलले दिएको कार्यभार आफुले सदैब सम्हाल्ने समेत बताउनु भयो । अर्का नेता मिलन ढकालले अब उप्रान्त नेपाली जनता दलले दिएको जिम्मेवारी आफुले पूरा गर्ने बताउनु भयो । कार्यक्रममा दलका केन्द्रीय सदस्य रामबाबु रजक त्यस्तै उक्त पार्टीका सप्तरी जिल्ला सभापती बैजनाथ चौधरी उपस्थित रहेको कार्यक्रममा पार्टी अध्यक्ष पुर्ब सांसद हरिचरण साहले आफुहरुले मानबताबाद र जनताबाद लाई अगाडि सारेका कारण अबको १५ बर्ष भित्रमा नेपाली जनता दलको अबधारणामा सरकार बन्ने ठोकुवा गर्नु भयो । कार्यक्रम बैजनाथ चौधरीको सभापतित्वमा सम्पन भएको थियो।
