कास्की, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरी लगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाउनु भएको छ ।

काङ्ग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन सङ्घ प्रदेश कार्यसमिति गण्डकीले आज पोखरामा आयोजना गरेको प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।सभापति देउवाले भोलिका दिनमा सेना तथा न्यायालयमा समेत हस्तक्षेप गर्ने सम्भावना बढेको बताउनु भयो । वर्तमान सरकारले कर्मचारीतन्त्र, प्रहरी तथा न्यायलयमा हस्तक्षेप गरेर कब्जा गर्ने षड्यन्त्र गरिरहेको बताउनु भयो ।हस्तक्षेप रहिरहेमा सदनमा मात्र नभई सडकमा पनि जानुपर्ने अवस्था आउन सक्ने उहाँले चेतावनी दिनु भयो ।
