हरिबहादुर रासकोटी दुई थान भरुवा बन्दुकसहित पक्राउ

६ माघ २०७५, आईतवार १२:२२

काठमाडौं, २ थान भरुवा बन्दुकसहित जिल्ला प्रहरी कार्यालय दाङले एक जनालाई पक्राउ गरेको छ। दाङको शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका २९ वर्षीय हरिबहादुर रासकोटीलाई शनिबार साँझ भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।

रासकोटीले आफ्नै घरमा लुकाएर राखेको भरुवा बन्दुक २ थान र बदेलको जस्तो देखिने खुट्टाको सपेटा २ थान बरामद गरेको छ।उनीमाथि हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा मुद्दा दर्ता गरीअनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।