काठमाडौंमा डा केसीको पक्षमा प्रदर्शन

५ माघ २०७५, शनिबार १४:२८

काठमाडौं, अनसनरत डा गोविन्द केसीको समर्थन गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। सोलिडारिटी फर डा केसी अलायन्सको अगुवाइमा प्रदर्शन गरिएको हो।माइतीघरबाट सुर भएको विरोध प्रदर्शन बानेश्वरतिर लागेको छ

सरकारसँग पहिले भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पास हुनुपर्ने भन्दै केसी पुस २५ गतेदेखि आमरण अनसनमा हुनुन्छ । इलाम पुगेर १६औं अनसन बसिरहनु भएका उहाँको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बिहीबार राति नै हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। उहाँ हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनसन बसिरहनु भएको छ ।