श्रेष्ठ अस्पताल भर्ना

५ माघ २०७५, शनिबार ११:११

काठमाडौं, प्रो माणिकलाल श्रेष्ठ मेडिसिटी अस्पताल भर्ना हुनुभएको छ ।उहाँको स्वास्थ्य स्थिति गम्भीर भएपछि हिजो बेलुकी उहाँलाई अस्पताल भर्ना गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

श्रेष्ठ लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएको छ । यसअघि पनि निमोनिया लगायत अन्य विभिन्न संक्रमणहरुले ग्रसित हुनुभएपछि उहाँलाई लामो समयसम्म सोही अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । अलि विसेक भएपछि उहाँलाई घरमै राखी उपचार गरिँदै आइएको छ । त्यसबाहेक, उहाँलाई नियमित रुपमा डाइलोसिस समेत गरिँदै आइएको छ ।