कांग्रेस नेता गगन थापाले डा गोविन्द केसीको सबै माग सम्बोधन भैसक्यो केही मात्रै बाँकी छ भन्नू, ‘शरिर ठीक छ, मुटु मात्रै चलेको छैन’ भने जस्तै भएको बताउनु भएको छ । डाकेसीले उठाएका विषयमा बिहीवार पत्रकार सम्मेलनमा बोल्दै थापाले केसीका माग पूरा नभएकै कारण अनसन बस्न बाध्य भएको दावी गर्नु भयो ।

माथेमा आयोगले दिएको सुझावलाई अटेर गर्न सरकारले पटक पटक आफ्नो नियत अनुसारको अयोग बनाएको आरोप थापाले लगाउनु भयो । प्रेमबहादुर कुँवर नेतृत्वको अयोगको उदाहरण दिँदै उहाँले ‘सरकारले यसबीचमा बनाएको आयोग नै एक अर्कासँग बाझिन्छ ।’
डा केसीको मागलाई प्रतिष्ठा र राजनीतिक लडाईंको विषय नबनाउन प्रधानमन्त्रीलाई आग्रह गर्दै उहाँले सम्झौता अनुसारको विधेयक बनाउन सुझाव दिनु भयो ।
