बुटवल, काँग्रेसले प्रदेश ५ को स्थायी राजधानी घोषणा गर्न माग गर्दै बुटवलमा प्रदर्शन गरेको छ । काँग्रेसका कार्यकर्ताहरुले बुटवलमा प्रदर्शन गरेका हुन् ।

बुटवलको चौराहाबाट र्याली निकालेका उनीहरुले ट्रफ्रिकचोक पुगेर कोणसभा गरेका छन् ।गतवर्ष तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेका राजधानी नै स्थायी राजधानीका लागि उपयुक्त हुने तर्कसहित काँग्रेस रुपन्देहीले दवावमूलक कार्यक्रम थालेको हो ।काँग्रेसले बुटवलको ट्राफिक चोकमा गरेको सभामा काँग्रेस नेताहरु बालकृष्ण खाँण, पुष्पा भुसाल, चन्द्र भण्डारी, मानबहादुर विकलगायतले सम्बोधन गरेका छन् ।
