सरकार र कांग्रेसको लुकामारी

३ माघ २०७५, बिहीबार १२:०८

बवर थापा

काठमाण्डौ,मुलुक लामो राजनीतिक संक्रमणबाट मुक्त भएको छ ।   तर पनि  नेपालको इतिहासकै बलियो मानिएको दुईतिहाइको समर्थनप्राप्त  सरकारले अझै सम्म  स्पष्ट दिशा समात्न सकेको छैन।

सरकारी अलमलकै  कारण आर्थिक, सामाजिक, सांस्कृतिक, न्यायिक र यावत् राजनीतिक क्षेत्रमा बढ्दो विकृति र विसंगतिले मुलुकमा विकराल रूप लिँदैछ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिएकै सरकारका पालामा  भ्रष्टाचार बढिरहेको छ ।   सरकारलाई सहि बाटोमा ल्याउने काम जिम्मेवारी प्रतिपक्षको हो, जसबाट सरकारलाई सही मार्ग लिन र प्रतिपक्षलाई जनतामाझ प्रस्तुत हुन सहयोग मिल्छ।  यस्तो अवस्थामा   मुलुकको पुरानो  दल कांग्रेसको भूमिका  त्यति प्रभावकारी देखिएको छैन ।