डा गोविन्द केसी अस्पताल भर्ना

३० पुष २०७५, सोमबार ११:१६

काठमाडौँ । अनसनरत डा गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ ।डा कसीको मुटुको गति अनियमित भएर स्वास्थ्यमा जटिलता देखिएपछि उहाँलाई सोमबार बिहान इलाम अस्पतालमा भर्ना गरिएको हो ।


चिकित्सक रामकृष्ण आचार्यका अनुसार डा। केसीको दाहिने फोक्सोमा हावा कम भएर बेला–बेला मुटु तेज धड्किने तथा रोकिने भएकाले अस्पताल लगिएको हो । उहाँका अनुसार डा।केसीको छात्तीमा संक्रमण भएको तथा टन्सिलले घाँटी सुन्निएको छ ।आइतबार नै गरिएको परीक्षणमा डा।केसीको मुटुको गति अनियमित भइ अस्पताल लैजानुपर्ने अवस्था आएपनि उहाँ अस्पताल जान मान्नु भएको थिएनन् ।