बुटवल, रूपन्देहीमा शनिबार राति प्रहरीको गोली लागेर एक जना युवकको मृत्यु भएको छ । गएराति करिब १२ बजे तस्कर र प्रहरीबीच दोहोरो फायरिङ हुँदा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० शंकरपुरमा दोहोरो फायरिङ भएको थियो । फायरिङमा प्रहरीको गोली लागेर अन्दाजी ३० वर्षको युवकको मृत्यु भएको रूपन्देही प्रहरी कार्यालयले बताएको छ ।
तस्करको गोली लागेर जिल्ला प्रहरी कार्यालय रूपन्देहीका जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । उनको पाखुरामा गोली लागेको छ । गुण्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले पनि एक वर्ष अगाडि प्रहरीसँगको दोहोर झडपमा रूपन्देहीको देवदहमा मारिएका थिए । पछिल्लो समय रूपन्देहीमा तस्करी बढेको भन्दै प्रहरीले गस्ती तीब्र बनाएको छ ।
