कृषि बिकास बैकका अवकास प्राप्त अधिकृत दयाराम खनालले बर्तमान सरकार दिगो कार्ययोजनाका साथ अघि बढनु पर्नेमा जोड दिनु भएको छ । आयो टिभीको प्रस्तुती आयोसंवाद कार्यक्रममा बोल्दै खनालले उक्त कुरा बताउनु भएको हो । प्रविधियुक्त आधुनिक प्रविधिद्वारा खेती गरिएमा खाडी मुलुकमा जाने बेरोजगार युवा स्वदेशमा काम पाउने र देशको आर्थिक विकासमा मद्दत पुग्ने खनालले बताउनु भयो ।

उहाँले कृषि उत्पादन वृद्धि गर्नु पर्ने कुरामा बिशेष जोड दिनु भयो । उहाँले भन्नु भयो, किसानलाई आत्मनिर्भर नबनाए सम्म देश बन्दैन ।
