काठमाडौँ– नेपाली काँग्रेसले तनहुँमा स्थानीय, प्रदेश र संघको निवार्चनमा पार्टीका आधिकारीक उम्मेद्वारा विरुद्ध विद्रोही उम्मेद्वार बनेकाको पार्टी सदस्यता खारेज गरेको छ । नेपाली काँग्रेसको नियमावली बमोजिम ५ वर्षका लागि उनीहरुको पार्टी सदस्यता खारेज गरिएको हो ।

जसअनुसार गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध विद्रोही उम्मेद्वार बनेका पूर्व गृहमन्त्री गोविन्दराज जोशीसहित उनका प्रस्तावक र समर्थक हरिशरण पण्डित र रामदेव पन्त तथा समर्थकहरुको पार्टी सदस्यता खारेज भएको छ ।
