सरकार र डा केसीसँग भएको सहमति तोडियो, अब के हुन्छ ?

२५ पुष २०७५, बुधबार १३:२५

काठमाडौं– बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ बहुमतले पारित गरेसँगै सरकार र डा गोविन्द केसीबीच यसअघि भएको सहमति तोडिएको छ ।

सहमति तोडिएसँगै डाक्टर केसीले आजैदेखि अनसनमा बस्ने घोषणा गरेका छन् । उनी १६ औं अनसन बस्न प्रदेश नम्बर १ को इलाम पुगिसकेका छन् । सरकारले केसीको माग पूरा गर्न गत पुस १७ गतेसम्मको समय माग गरेको थियो । तर, सो समयभित्र माग पूरा नभएपछि केसीले पत्रकार सम्मेलन गर्दै आजका लागि अल्टिमेटम दिनु भएको थियो । अल्टिमेटमभित्र विधेयक पारित भएपनि उहाँको  अधिकांश माग पूरा नभएकाले आजैदेखि अनसन सुरु गर्न लागेको  स्रोतले बताएको छ । अव के हुन्छ ?