प्रधानमन्त्री ओलीद्दवारा मन्त्रीहरुलाई होस पुर्‍याएर बोल्न र काम गर्न निर्देशन

२१ पुष २०७५, शनिबार १२:४४

 काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसहित यो सरकारका मन्त्रीहरु विरुद्ध धेरै षडयन्त्रहरु भइरहेको भन्दै जोगिएर काम गर्न निर्देशन  दिनु भएको छ ।  मन्त्रिपरिषदको पछिल्लो बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई होस पुर्‍याएर बोल्न र काम गर्न निर्देशन दिनु भएको हो । 

वाइडबडी जहाज खरिद प्रकरणमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित बहालवाला सचिवहरुलाई दोषी ठहर गरेर लेखा समिति अन्तर्गतको उपसमितिले प्रतिवेदन बुझाएपछि ओली गम्भिर देखिएको  स्रोतले बताएको छ ।  यसरी हचुवाका भरमा उपसमितिले अध्यन गर्ने अनुमान आफूले नगरेको प्रधानमन्त्रीको आशय थियो ।

वाइडबडी प्रकरणमा मन्त्री रविन्द्र अधिकारी र प्रेमकुमार राईलगायत कतिपय निर्दोष व्यक्तिलाई नियतवश फसाउन खोजिएको प्रधामन्त्रीको संकेत थियो । उहाँले  बोलीमा ढंग नपुग्दा पनि समस्या हुने गरेको भन्दै मन्त्रीहरुलाई कम बोल्नसमेत आग्रह गर्नु भएको छ ।