काठमाडौं । माछापुच्छ्रे बैंकले कोटेश्वर शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक राममान श्रेष्ठले नयाँ शाखा उद्घाटन गर्नु भएको हो ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखामा चौबिसै घन्टा चल्ने एटीएमको पनि व्यवस्था गरेको छ । यससँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १८ पुगेको छ ।
