काठमाडौं नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा पानी जहाज कहाँबाट चल्न थालेको हो भनी जावाफ माग्नु भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुवालले संदमा आएर यसबारे स्पष्ट पार्न प्रधानमन्त्री ओलीसमक्ष माग गर्नु भएको थियो । ‘प्रधानमन्त्रीले पुस १६ गतेदेखि पानीजहाज चल्ने भन्नु भएको थियो,’ उहाँको प्रश्न थियो, ‘तर कहाँ चल्यो ?स्पष्ट पार्न पर्यो।’
प्रधानमन्त्री केपी शर्मा ओलीले गत असारमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै पुस १६ गते पानीजहाज नेपालमा चल्ने भन्दै त्यसको विरोध गर्नेलाई जहाजको यात्रा गर्न निम्तोसमेत दिनु भएको थियो ।
