न्यायालय सुधारेरै छोड्छुः चोलेन्द्र शमशेर राणा

१७ पुष २०७५, मंगलवार १४:०४

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूमाथि परेका उजुरी र सांसदहरुले गरेका प्रश्नको जवाफ दिनु भएको छ ।मङ्गलबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा राणाले संविधानको प्रस्तावनामा उल्लेख स्वतन्त्र न्यायापालिकाको भावनाअनुसार आफुले न्यायलय सुधारको कार्ययोजना निर्माण गरेर प्रस्तुत गरेको भन्दै न्यायलयबारे सञ्चारमाध्यमा धेरै गुनासा आएको, सेवाग्राहीको न्यायप्रतिको आस्था मर्न नदिने बताउनु भयो । उहाँले सरकारले गर्ने विकासका काममा अदालतले कहिल्यै अवरोध नगर्ने प्रतिबद्धता जनाउँदै अबको न्यायलय गौरवमय न्यायलयका रुपमा हेर्न पाउने समेत दावी गर्नु भयो ।

त्यसैगरी उहाँले वीरगञ्जको छपकैया पोखरी व्यक्तिकै नाममा रहेको र व्यक्तिले नै तिरो तिरेकाले आफुले फैसला गर्दा न्यायिक मान्यताअनुसार नै गरेको दावी गर्नु भयो ।उहाँले न्यायालय सुधारेरै छोड्ने दाबी गर्दै आफ्नो अनुहारमा आफैले कोपरेर नचिनिने गरी नजाने प्रतिबद्धतासमेत जनाउनु भयो ।