स्वास्थ्य क्षेत्रमा आन्दोलन

२६ पुष २०७५, बिहीबार १५:३८

काठमाडौँ–  चिकित्सकहरु अहिले आन्दोलनमा लागेका छन ।   सरकारलाई दबाब दिन मुख्य रुपमा स्वास्थ्यकर्मीहरु सडकमा उत्रिएका  हुन ।   नेपाल जनस्वास्थ्य संघको नेतृत्वमा माईतीघरमा आन्दोलन भइरहेको छ ।

एचएहरुले नयाँ संरचनामा शैक्षिक योग्यता र लोकसेवाका आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्नेमा केही व्यक्तिको स्वार्थमा बनाइएको सांगठनिक संरचना खारेजीको माग गर्दे माईतिघरमा प्रदर्शन गरेका हुन् ।

त्यस्तै चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका आवासीय चिकित्सकहरुले पनि ८ महिनादेखि तलब नपाएको भन्दै आन्दोलन गरिरहेका छन् । छात्रावृत्तिमा अध्यय्न र सेवालाई अगाडी बढाउँदै आइरहेका चिकित्सकहरुले जेठदेखि छात्रावृत्ति पाएका छैनन् ।

यस्तै विभिन्न माग राख्दै  ६ पुसदेखि शान्तिपूर्ण आन्दोलन थालेको सरकारी चिकित्स संघले आफूहरुको माग सम्बोधन नभए देशभरको स्वास्थ्य संस्था ठप्प पार्ने चेतावनी दिइसकेका छन् । ‘कर्मचारी समायोजन अध्यादेश’ तत्काल सच्याउनु पर्ने लगायत ५ बुँदे माग सरकारी चिकित्सक संघले राख्दै आइरहेको छ ।

कर्मचारी समायोजनको विषयमा चित्त नबुझेका कारण सरकारी चिकित्सकहरु आन्दोलनमा छन् । डाक्टर गोविन्द केसीले सरकारले सम्झौताअनुसार आफ्नो माग पुरा नभएको भन्दै इलाममा १६ औ अनशन हिजोबाट सुरु गरिसकेका छन् ।