सार्वजनिक सवारी धनी, चालक र सहचालकको व्यक्तिगत विवरण अनिवार्य

१८ पुष २०७५, बुधबार १५:२९

काठमाडौं । सार्वजनिक सवारी धनी, चालक र सहचालकले अब व्यक्तिगत विवरण पेश गरेपछि मात्रै यस क्षेत्रमा रोजगारी पाउने भएका छन् । सरकारले सार्वजनिक यातायात क्षेत्रमा सुधार ल्याउन यस्तो व्यवस्था ल्याउने भएको हो ।

सार्वजनिक यातायातमा सुधार ल्याउन सरकारले यातायात प्राधिकरण गठन गर्ने र प्राधिकरणले सवारी धनी, चालक र सहचालकको व्यक्तिगत विवरण अनिवार्य माग गर्ने भएको छ । हाल यातायात व्यवस्था विभागले सम्पूर्ण यातायात क्षेत्रको नीति निर्माणदेखि सेवा प्रवाहसम्म गर्नुपर्दा यातायात क्षेत्र व्यवस्थित हुन नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भनाई छ ।