माघ १६ गते ज्योति साहित्य प्रतिष्ठानको १२औ वार्षिकोत्त्सव

१२ माघ २०७५, शनिबार १४:१६

काठमाण्डौ, ज्योति साहित्य प्रतिष्ठानले २०७५ माघ १६ गते कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख अतिथिमा विहान ८ बजे ्निसहाय सेवा केन्द्र शान्तिनगर, काठमाडौमा १२औ वार्षिकोत्त्सव मनाउदै छ ।

सोही अवसरमा १० बृद्धबृद्धाहरूलाई भोजन खुवाउने २०,पुस्तक लोकार्पण अतीतका थुङ्गाहरू बाबुकाजी सिलवाल ३० स्रष्टा सम्मान अर्पण , ज्योति साहित्य सम्मान प्रा डा उषा ठाकुर, डा हेमनाथ पौडेल, एसपी आशा,राम विनय, काजी रोशन, जयदेव भट्टराई लगायतलाई गर्ने जनाइएको छ भने ज्योति प्रतिभा सम्मान रामकुमार पण्डितलाई गरिने भएको छ ।ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिहले बताउनु भएको छ ।