प्रधानसेनापति थापा भारत प्रस्थान

२७ पुष २०७५, शुक्रबार ११:४२

काठमाडौँ – प्रधानसेनापति पूर्णचन्द्र थापा भारत प्रस्थान गर्नु भएको छ ।    भारतीय सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा थापा विहान ८ः१७ बजे भारत प्रस्थान गर्नु भएको हो ।

प्रधानसेनापतिको नियुक्तिपश्चात्को थापाको यो पहिलो विदेश भ्रमण हो । भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष जनरल रावतसँग भेटघाट  गर्नुहुने छ ।

सन् १९५० बाट सुरु भएको यो प्रचलनअनुसार सेना प्रमुखमा नियुक्ति भएपछि औपचारिक निमन्त्रणा गरी मानार्थ महारथीको दज्र्यानीबाट सम्मान गरिन्छ ।