प्रधानमन्त्री ओली आज स्विट्जरल्यान्ड जाँदै

६ माघ २०७५, आईतवार ०९:४२

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली स्विट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औं वार्षिक बैठकमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने हुनु भएको छ ।


माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पहिलोपटक प्रधानमन्त्री ओलीले सो बैठकमा सहभागिता जनाउन लाग्नु भएको हो ।स्विट्जरल्यान्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्नुहुनेछ । भ्रमण टोलीमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडालगायतका उच्च अधिकारी रहनुहुनेछ ।साताव्यापी भ्रमणका लागि जान लागेको प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल माघ १२ मा स्वदेश फर्किने पराराष्ट्र मन्त्रालयले जनाएको छ।