पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको शुभकामना सन्देश

२६ पुष २०७५, बिहीबार १७:२३

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले देशभन्दा ठूलो कुनै  चिज  हुन नसक्ने बताउनु भएको छ ।   उहाँले  राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर  एवम् सपूतहरुको योगदान विर्संदा देश आज ‘सकसपूर्ण  अवस्थामा गुज्रेको दाबी समेत  गर्नु भएको छ ।

शाहले पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीका अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै यस्तो बताउनु भएको हो  उहाँले  नेपाली राष्ट्रिय एकताका प्रवद्र्धक राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभअवसरमा समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना समेत व्यक्त गर्नु भएको छ ।