पार्टीमा विधि र प्रक्रिया मिचिएको भन्ने आरोप सही नभएको रविन्द्र मिश्रको दाबी

२८ पुष २०७५, शनिबार १७:५९

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले  नसोचेको कुरा भएको   बताउनु भएको छ । पार्टी फुटपछि शनिबार आयोजित पत्रकार सम्मेलनमा संयोजक मिश्रले पार्टीमा विमती भएपनि अनायाश छोडेर जान्छन् भन्ने  नलागेको बताउनु भयो ।

यद्यपि बैकल्पिक राजनीतिक शक्ति निर्माण अभियान नरोकिने प्रष्ट  पार्नु भयो । उहाँले भन्नु भयो,  यो यात्रा कुनै हालतमा रोकिँदैन । साथ दिने साथीहरु देशभर हुनुहुन्छ ।’

छोडेर जाने साथीहरुले लगाएको आरोपहरुले असाध्यै दुःख लागेको विवेकशील साझा संयोजक मिश्रले बताउनु भयो ।

यद्यपि पार्टीमा विधि र प्रक्रिया मिचिएको भन्ने आरोप सही नभएको उहाँले बताउनु भयो ।

चुनावपछि एक वर्षको अवधिमा पार्टी सञ्चालनका लागि केन्द्रीय समितिले बनाएको विधि प्रक्रियाबारे पार्टी सदस्यहरुलाई जानकारी दिन नसक्नु कमजोरी भएको उहाँले  स्वीकार गर्नु भयो ।

पार्टीका अर्का संयोजक उज्वल थापाले विधि प्रक्रिया मिचेर समिक्षा प्रतिवेदन लेखेको उहाँले  बताउनु भयो ।   यसका बाबजुद ३० गते सुरु हुने केन्द्रीय समिति बैठकको एजेण्डा बनाएको अवस्थामा पार्टी छाडेर जानु दुःखद भएको उहाँले बताउनु भयो ।