परराष्ट्रमन्त्री ज्ञवालीद्वारा सी म्यान राहदानीको व्यवस्था गर्न लागिएको जानकारी

२९ पुष २०७५, आईतवार १६:०८

काठमाडौं सरकारले ‘सी म्यान’ राहदानीको पनि व्यवस्था गर्ने भएको छ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पानीजहाजमा काम गर्ने नागरिकका लागि ‘सी म्यान’ राहदानीको व्यवस्था गर्न लागिएको जानकारी गराउनु भयो । आइतबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५’ माथिको छलफलमा भाग लिँदै उहाँले पानीजहाजमा काम गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्न पनि सो साहदानी दिने कानुनी व्यवस्था गर्न लागिएको स्पष्ट पार्नु भयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले राहदानी दुरुपयोग हुन नदिन विद्युतीय राहदानीको पनि व्यवस्था गर्न लागिएको बताउनु भयो । राहदानी मुलुकको प्रतिष्ठासँग जोडिएको डकुमेन्ट भएकाले यसको स्तरोन्नति पनि गर्ने मन्त्री ज्ञवालीको योजना छ।