तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने

२८ पुष २०७५, शनिबार १२:५८

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

शनिबार तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले एक विज्ञप्ति जारी गर्दै वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्रविरुद्ध सातै प्रदेशमा  विरोध प्रदर्शन गर्ने बताउनु भएको छ ।  कम्युनिष्ट सरकारको अधिनायवाद चरित्र, भ्रष्टाचार, महंगी, मूल्यवृद्धि, वाइडबडी र निर्मला पन्त हत्या प्रकरणलगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको विरोधमा सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन गर्ने शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । माघ ८ गते  प्रदेश एकको विराटनगर माघ ९ गते प्रदेश २ को जनकपुर माघ १० गते प्रदेशसभा तीनकोहेटौंडा,माघ ११ गण्डकी प्रदेशको पोखरा माघ १२ गते प्रदेश ५ को भैरहवा माघ १३ कर्णाली प्रदेशको सुर्खेत  माघ१४सुदूरपश्चिम प्रदेशको धनगढी