चार केजी सुनसहित तीन जना पक्राउ

२० पुष २०७५, शुक्रबार १२:३७

काठमाडौँ– रसुवाको केरुङबाट नेपाल छिराइएको अवैध चार केजी सुनसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।धादिङको गजुरीबाट सुनसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा रसुवा उत्तरगया गाउँपालिका वडानम्बर–३ बस्ने २७ वर्षका संजित वाइवा, नुवाकोट तारकेश्वर गाउँपालिका ५ का २२ वर्षका सुरेन्द्र तामाङ र तारकेश्वरकै २४ वर्षका विकास तामाङ रहेका छन् ।

उनीहरूले मोटरसाइकलमा सुन ल्याउँदै गरको अवस्थामा प्रहरीले बरामद गरेको हो । गल्छीबाट गजुरीतर्फ सुन लिएर आउँदै गरेको सूचनाको आधारमा उनीहरूलाई सुनसहित पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।