कर्मचारी समायोजन अध्यादेश तत्काल सच्याउन चिकित्सक संघको माग

२५ पुष २०७५, बुधबार १७:३९

काठमाडौं– नेपाल चिकित्सक संघले ‘कर्मचारी समायोजन अध्यादेश’ तत्काल सच्याउन सरकारसँग माग गरेको छ । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले कर्मचारी समायोजन अध्यादेश सरकारले तत्काल नसच्याए प्रतिकारमा उत्र्ने चेतावनी  दिनु भएको छ ।

सो विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरुले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कर्मचारी समायोजन अध्यादेश चिकित्सकहरुको हित र संविधान÷कानुनसम्मत नभएको दावी समेत गर्नु भयो ।