उपसमितिको प्रतिवेदन नसच्याए अनसन बस्ने डा केसीको चेतावनी

२३ पुष २०७५, सोमबार १०:४३

काठमाडौं, प्रा डा गोविन्द केसीले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सच्याउन माग गर्नु भएको छ ।   नभए अनसन बस्ने उहाँको  चेतावनी छ ।उपसमितिले आइतबार मात्र डा केसीसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पास गरेको थियो । प्रतिवेदनमा कांग्रेस सांसद गगन थापाले फरक मत राख्नु भएको छ ।   यो प्रतिवेदन आज पूर्ण पेश हुँदैछ ।

सोमबार विहान पत्रकार सम्मेलन गरी सम्झौता विपरित प्रतिवेदन तयार भएकोमा आपत्ति जनाउनु भयो ।   ‘शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिले सार्वजनिक रुपमै हामीसँग भएको सम्झौता अनुरुप नै विधेयक पारित हून्छ भनेकाले हामीले सत्याग्रहका कार्यक्रम पुस २५ सम्मका लागि सारेका थियौं’ उहाँले भन्नु भएको छ ,   ‘हामीसँग भएको सम्झौता विपरित उपसमितिले बनाएको प्रतिवेदन अबिलम्ब सच्याउन समितिलाई माग गर्दछौं । अन्यता हामीले दिएको समयसीमा भन्दाअगाडि नै सत्याग्रह सुरु गर्न बाध्य हुनेछौं ।’