काठमाडौं– काठमाडौंको जडिबुटीबाट एक थान पेस्तोल सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धदिङ स्थायी घर भई काठमाडौं बस्दै आएका अर्जुन प्रसाद अधिकारी र धादिङकै केदार अधिकारी रहेका छन् ।केदारको साथबाट अवकासप्राप्त प्रहरी जवानको नक्कली परिचयपत्र फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । दुई अधिकारीसँगै काभ्रे स्थायी घर भएका अञ्जन उप्रेतीलाई पनी प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेकाहरुको साथबाट एकथान चाईनिज पेस्तोल, म्यागेजिन र ३ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । पेस्तोल बाहेक उनिहरुको साथबाट ६ थान घरेलु हतियार खुकुरी समेत बरामद गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।
