काठमाडौं । नेपाल आइडल रवि ओडलाई मातृशोक परेको छ । केही दिन अघि नेपाल आइडलको दोस्रो संस्करणका विजेता रविकी आमाको करेन्ट लागेर निधन भएको हो । आज बुधबार बिहान ७ बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनकी आमा ४५ वर्षीया विष्णा ओडको निधन भएको बताइएको छ ।
करेन्ट लागेकी विष्णालाई चिकित्सकहरुले मृत घोषित गरिसकेको सेती अञ्चल अस्पतालका इमरजेन्सी वार्ड इन्चार्ज कृष्ण बोहोराले पुष्टि गरेका छन् । अस्पतालका अनुसार उनको बाटोमै निधन भइसकेको थियो ।
