काठमाडौं, फेसियल हाउसले एक समारोहका बीच आफनो ११औं वार्षिकोत्सव सम्पन्न गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं बिशिष्ठ सदस्य चण्डिराज ढकाल र उपाध्यक्ष उमेशलाल श्रेष्ठको विशेष आतिथ्यतामा फेसियल हाउसको वार्षिकोत्सव सम्पन्न भएको हो । उक्त वार्षिकोत्सव कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नंबर ३ अध्यक्ष दिनेश श्रेष्ठ, उद्योग वाणिज्य महासंघ काठमाडौंका उपाध्यक्ष जयप्रकाश शिवाकोटी, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, दिक्पाल कार्की, अक्षयजंग रायमाझी, कर कार्यालयका अधिकारीहरु तथा बरिष्ठ व्युटिसियनहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठले फेसियल हाउसले अरुलाई पनि स्वरोजगार बनाउन सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नु भयो । कार्यक्रमका विशिष्ट अतिथी सार्क चेम्बरका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य ढकालले फेसियल हाउसले धेरैलाई रोजगारी दिएको भन्दै प्रशंसा गर्नु भयो । फेसियल हाउसले धेरैलाई ब्युटी सम्बन्धी सिप सिकाएको भन्दै यसले स्वावलम्बन बनाउन सहयोग गरेको उहाँले बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष श्रेष्ठले निजी क्षेत्रले सधै खुसीका साथ काम गर्ने वातावरण बनोस भन्ने धारणा राख्दै घरबहाल सम्बन्धी कानुनको अभावमा निजी क्षेत्रले समस्या खेप्दै आएको बताउनु भयो ।
फेसियल हाउसले ११ वर्षमा ४ हजार भन्दा वढी विद्यार्थी उत्पादन गरिसकेको निर्देशक शुष्मा महराले जानकारी दिनु भयो । उहाँले विदेश जाने विद्यार्थी सिक्न आउने गरेको र यहाँ सिक्दा देश तथा विदेशमा राम्रो अवसर पाउने बताउनु भयो । उक्त अवसरमा फेसियल हाउसका तर्फबाट बिशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने कर्मचारीहरुको मूल्यांकनको कदर गरिएको थियो । फेसियल हाउसको यस बर्षको कुशल व्यवस्थापकको अवार्ड सुमन शाहीलाई प्रदान गरिएको थियो भने उत्कृष्ट कर्मचारी तर्फ सोनु कुमार शर्मालाई अवार्ड प्रदान गरिएको थियो । त्यस्तै स्वेता मगर लगाएतका अन्य कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा जेनेक्सले जुम्वा प्रस्तुत गरेको थियो भने बिभिन्न कलाकारहरुले साङ्गीतिक प्रस्तुती दिएका थिए । ११ वर्षमा फेसियल हाउसका काठमाडौ मल, सिटिसी मल, पोखरा, काकडभित्ता लगायतका ६ स्थानमा शाखा स्थापित छन् ।
