दूरसञ्चार कम्पनीहरुको अटेरीः ३ अर्ब राजस्व तिरेनन्

११ पुष २०७५, बुधबार ०९:४३

काठमाडौँ – सांसददेखि प्रतिष्ठित व्यवसायीका नाममा रहेका दूरसञ्चार कम्पनीहरूले सरकारलाई ३ अर्बभन्दा बढी राजस्व तिरेका छैनन् ।


युनाइटेड टेलिकम लिमिटेड यूटीएल टेलिकम, सीजी कम्युनिकेसन्सलगायतका कम्पनीले ३ अर्ब १३ करोड ८ लाख ४१ हजार रुपैयाँ बक्यौता नतिरेका हुन् ।दूरसञ्चार प्राधिकरणका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठकी पत्नी तथा नेकपा सांसद जुलीकुमारी महतोको लगानी रहेको यूटीएलले ७७ करोड ७९ लाख ७५ हजार ३ सय १२ रुपैयाँ बक्यौता बुझाएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।