दाङमा बस दुर्घटना

७ पुष २०७५, शनिबार १३:०७

बुटवल–हिजो साँझ दाङमा भएको बस दुर्घटनाका मृतक २३ मध्ये १४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।सनाखत भएकामध्ये जुम्लाका पाँच जना र दाङ्गका ५ जना रहेका छन । अरु विभिन्न जिल्लाका रहेका छन् ।बसका चालक र सहचालक दुबैको मृत्यु भएको छ । सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट सल्यानमा अभ्यासका लागि गएका १६ देखि २० बर्ष उमेरका विद्यार्थीदेखि ३० बर्ष उमेर नकाटेका शिक्षक र चालक, सहचालकको समेत ज्यान गएको छ ।