काठमाडौ । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्घाखाँची जिल्ला राजनैतिक, सामाजिक, सांस्कृतिक, एतिहासिक रुपमा सवै हिसावले देशकै धरोहर र आस्थाको केन्द्र भएको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले राजधानीमाअर्घाखाँचीका पूर्वसहायक सिडियो हाल गृहमन्त्रालयमा कार्यरत नारायण खत्री द्रारालिखित यात्रा अर्घाखाँची नामक डकुमेन्ट्री र पुस्तक तथा सम्मान कार्यक्रममा बोल्दै यस्तो कुरा बताउनु भएको हो। अर्घाखाँची जिल्ला सवै क्षेत्रको हिसावले अगाडी रहेको बताउदै आगामी दिनमा पनि यो क्षेत्रले आफनो इतिहास रचदै जाने आशा व्यक्त गर्नु भयो । साथै उहाँले यात्रा अर्धाखाँची नामक डकुमेन्ट्री बनाएर जुन सार्वजनिक गर्ने काम भएको छ यस्ले राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि नेपालको महत्व बारे चिनाउन मदत पुग्ने बताउनु भयो ।
यस्तै नेपाल कम्यूनिष्ट पार्टीका नेता एबम पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्लालाई अवको केही बर्षमै देशकै पूर्वाधारको क्षेत्रमा नमुना जिल्लाको रुपमा चिनाउने दावी गर्नु भयो । अर्घाखाँची जिल्ला बिकासको तिब्र गतीमा अगाडी बढेको जानकारी दिर्दै अर्धाखाँचीको एअरपोर्ट चाँडै निर्माणको काम सम्पन्न हुने समेत जानकारी दिनु भयो । नेता रायमाझीले अर्घाखाँची नामक डकुमेन्ट्री र पुस्तक जुन सार्वजनिक भएकोमा खुशी व्यक्त गर्नु भयो । कार्यक्रममा बरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित लगायत बिभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
