चाँदीको भाउ घट्यो

५ पुष २०७५, बिहीबार १५:०७

काठमाडौं– बिहिबार छापावाल सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन तोलमा ५८ हजार ८०० मा कारोबार भइरहेको छ । बुधबार पनि सुन यही भाउमा कारोबार भएको थियो ।

यसअघि मंगलबार ५९ हजार ४०० मा सुन कारोबार भएको थियो ।यता चाँदीको भाउ भने बिहिबार तोलमा रु ५ ले घटेको छ । बुधबार तोलमा रु७२५ मा कारोबार भएको सुनको भाउ बिहिबार रु ५ घटेर रु ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी आज तेजाबी सुन तोलमा रु ५८ हजार ५०० मा कारोबार भएको छ ।