काठमाडौं– नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले हालै काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा सहभागि भएर पार्टी र सरकार बद्नाम बनेको आरोप लगाएका छन् ।बुधबारको स्थायी कमिटी बैठकमा उनले सम्मेलनमा पार्टी र सरकार सहभागि हुनुको कारण स्पष्ट पारिनुपर्नेमा जोड दिए ।

‘हामी समाजवाद निर्माणको बाटोमा अघि बढ्ने हो फेरि जनवादी क्रान्ति गर्ने होइन । सरकार दलाल पुँजीपतिको प्रभावमा परिरहेको छ । प्रयोग नेताहरु भएका छन् र फाइदा दलाल पुँजीपतिहरुले लिइरहेका छन् । त्यसमा नियन्त्रण गरिनुपर्छ,’ उनले भने ।‘पार्टीको विधिविधानअनुसार अघि बढ्नुपर्छ साइकोलोजिकल ब्याकमेल नगरौं । पार्टीमा विधि र पद्दतिको थिति बसालिनुपर्छ । कुन नेतासँग नेतृत्वले के कुरा गरेको छ, त्यो हामीलाई मतलब हुने कुरा होइन ।’
