प्रतिक्रान्तीको विरुद्धमा सशक्त आन्दोलन गर्छौः रायमाझी

३ पुष २०७५, मंगलवार १३:४६

काठमाण्डौ जनयुद्धका सहिदहरुको आमरण अनशन लाई नेकपा माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ ।

अनशनको क्रममा रहेका जनयुद्धका घाइतेहरुको स्वास्थ अवस्था अत्यन्त नाजुक भए पछि वीर अस्पतालमा राखिएका योद्धा हरुलाइ भेट्न पुगेका नेकपा माओवादी केन्द्रका महासचिव कर्णजित बुडाथोकी स्थायी समिति सदस्य आलोक रायमाझी र केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका महासचिव सुन्दर रायमाझीले ऐक्यबद्धता जनाएको कुरा स्थायी समिति सदस्य आलोक रायमाझीले जनाए ।

रायमाझीले भने हिजो जनयुद्धका कमान्डरहरु आज राज्यसत्ता चलाइरहेका छन् तर जस्को बलमा त्यहा पुगे आज तिनैलाइ अपमान र तिरस्कार गरिरहेका छन् यो प्रवृत्ति हेर्दा खोला तर्ने तर लौरो बिर्सने प्रतिक्रान्तिकारी मा बदलिएका छन् यो उनिहरुको लागि पनि गम्भीर ऐतिहासिक भुल हुने पक्का छ, त्यसैले हामीले यो प्रतिक्रान्तीको विरुद्धमा सशक्त आन्दोलन गर्छौ । आज हामी नेकपा माओवादी केन्द्रको तर्फबाट ऐक्यबद्धता जनाउन आएका छौँ भोलि आबस्यक परेको खण्डमा कडा भन्दा कडा सघर्षका कार्यक्रम घोषणा गर्ने छौँ ।