मर्यादाक्रमस् श्रीमान् र श्रीमतीलाई समान सम्मान

२६ मंसिर २०७५, बुधबार ०९:१९

काठमाडौं

सरकारले झन्डै एक बर्षअघि गत साल माघमा सार्वजनिक गरेको विभिन्न पदाधिकारीको मर्यादाक्रमप्रति अझै असन्तुष्टिहरु आईरहेका छन् । यसरी असन्तुष्टि जनाउनेमा कर्मचारी नेतादेखि गाउँपालिकाका उपाध्यक्षसम्म रहेका छन् ।

निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाललाई यो मर्यादाक्रमप्रति चित्त बुझेकै छैन । यसमा पुनरावोलकन हुनुपर्ने उनको माग छ । संघीय र प्रदेश सरकारमा कार्यरत कर्मचारीबीच विभेद हुँदा अवहेलना भएको अध्यक्ष ढकाललको निष्कर्ष छ ।

८६ हजार कर्मचारीको नेतृत्व गरेको आधिकारिक ट्रेड युनियनको अध्यक्षको मर्यादाक्रम सरकारको सचिवसरह हुनुपर्ने उनको दाबी छ ।,२०७४ माघ २६ गते सार्वजनिक गरिएको उक्त मर्यादाक्रमको संख्या २७ रहेको छ । यसअनुसार राष्ट्रपतिको मर्यादाक्रम एक नम्बरमा हुन्छ भने २७ औँ नम्बरमा सहायक सेनानी पर्दछ ।आजको नेपाल समाचारपत्रमा यो खबर छ ।