देशभर १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी

१८ मंसिर २०७५, मंगलवार ०८:३०

काठमाडौं

गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो ।

देशभर करिब १२ हजार चर्च भएको अनुमान गरिएको छ। नेपाल राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले नेपालमा करिब १२ हजार पाँच सय चर्च रहेको बताए ।

त्यसको आधारिक तथ्यांक भने छैन । आधिकारिक तथ्यांक थोरै भए पनि करिब ३० लाख नेपाली क्रिश्चियन भइसकेको दाबी धर्मआबद्ध संघसंस्थाहरूको छ।

नेपालको जनगण्ना ०६८ अनुसार १।४ प्रतिशत अर्थात् करिब ३ लाख ७५ हजार क्रिश्चियन धर्मावलम्बी छन् ।सन् २०२० मा ३।८ प्रतिशत नेपालीलाई क्रिश्चियन बनाउने लक्ष्यका साथ प्रचार प्रसार भइरहेको छ। विश्वमा तीव्र गतिमा क्रिश्चियन धर्मावलम्बी वृद्धि हुने देशको सूचीमा नेपाल अग्रपंक्तिमा पर्छ। ।यो खबर आजको नयाँ पत्रिकामा दैनिकमा छ ।